जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रशासनिक सेवा पुन : सञ्चालन गर्ने
प्रकाशित मिति : 30 January, 2022 4:46 pm
स्याङ्जा । कर्मचारीमा कोरोना संक्रमणका कारण स्थगित जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रशासानिक सेवा सञ्चालन गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएपछि जिल्ला प्रशसान कार्यलयले माघ १० गते सोमबारदेखि सेवा बन्द गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना निकाल्दै कार्यालयका कर्मचारीहरुमा संक्रमण न्यून हुँदै गएकाले मिति माघ १७ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन हुने जानकारी गराएको छ ।
प्रमुख जिल्ला अधिकारी राजु पौडलले जारी गरेको सूचनामा कार्यलयमा सेवा लिन आउँदा अनिवार्य मास्क लागाउन र कोभिड १९ विरुद्दको खोप लगाएको कार्ड अनिवार्य साथमा लिइ आउनु पर्ने र समाजिक दुरी कायम गर्नु पर्ने बताएका छन् ।








