५ जेष्ठ २०८१, शनिबार

खाना पकाउने ग्यासको युरोप आपूर्ति अहिलेसम्मकै उच्च

प्रकाशित मिति :  30 January, 2022 5:17 pm


काठमाडौं । खाना पकाउने ग्यासको युरोप आपूर्ति अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । युरोपियन ग्यास प्रसारण प्रणालीेले जनाए अनुसार जनवरीमा महिनामा खाना पकाउने ग्यास एलएनजीको आपूर्ति सन् २०११ यताको रेकर्ड आपूर्तिबाट सुरु भइ अहिलेसम्मकै सबै भन्दा उच्चस्तरमा पुगेको हो ।

जनवरी २८मा युरोपमा ४० करोड ५०लाख घनमिटर ग्यासको निर्यात गरिएको छ । पाँच वर्ष यता यो वार्षिक औसतको तुुलनामा यो मितिमा भएको आपूर्ति ११० प्रतिशतले बढेको ग्यास इन्फ्रास्ट्रक्चर युरोप व्यापार समूहले उल्लेख गरेको डेटा अनुसार रुसी समाचार नियोग तासले जनाएको हो ।

युरोपमा पाइपलाइनहरूमा फेरि ग्यास पु¥याउन अहिले ६७.४ प्रतिशतले लोड गरी राखिएको एलएनजी स्टकले जनाएको छ । ग्यास भण्डारण ट्याङ्कहरूमा पाँच वर्षको औसत भन्दा ५ प्रतिशतले जनवरीको अन्त्यसम्म हुने सोचिएको छ ।

यो साताको सुरुमा द वाल स्ट्रिट जरनलले दुई दर्जन ट्याङकरहरू एलएनजी ग्यास लोड गरी अमेरिकादेखि युरोपको बाटोमा रहेका छन् ।उच्च मूल्यका कारण युरोपियन युनियन तर्फ ३३ जहाज हिँडने भएको हो ।

युरोपमा ऊर्जा अभावका कारण ग्यास र ऊर्जाको मूल्यमा वृद्धि गराएको छ । दश वर्ष भन्दा बढी समय यता युरोपियन युनियनका ट्याङकहरूमा न्यून ग्यास भण्डारण रहेकाले मूल्य वृद्धि हुन पुगेको थियो ।

जनवरी २७मा भूमिगत ग्यास भण्डारण क्षमता युरोपमा ३९.२२ प्रतिशतले घटेको हो ।

रुस र युक्रेनबीचको तनावले रुसी ग्यास आपूर्तिको समस्या बढेको छ । अमेरिका र पश्चिमा देशहरूले रुसमाथि नयाँ नाकाबन्दी लगाउनुपर्ने माग गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !