५ पुस २०८२, शनिबार

सभापति पुनद्वारा पूर्व सहायकमन्त्री सुवेदीको निधनप्रति दुःख व्यक्त

प्रकाशित मिति :  1 February, 2022 11:58 am


रोल्पा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपाली कांग्रेस रोल्पाका नेता एवं पूर्व सहायकमन्त्री रेगबहादुर सुवेदीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सुनिल स्मृति गाउँपालिका ६ गजुल निवासी सुवेदीको आज आफ्नै निवासमा ८२ वर्षको उमेरमा निधन भएको थियो ।

सभापति पुनले सामाजिक सञ्जालमार्फत सुवेदीको निधनको खबरले आफूलाई अत्यन्तै दुःख लागेको उल्लेख गर्दै उनको निधनले कांग्रेस रोल्पाले एक अग्रज नेता र देशले एक कर्मशील राजनीतिकमी व्यक्तित्व गुमाएको उल्लेख गरेका छन् ।

सभापति पुनले दुःखको यस घडीमा अधिकारीप्रति श्रद्धान्जलि अर्पण गर्देै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका  छन् ।



प्रतिक्रिया दिनुहोस !