५ पुस २०८२, शनिबार

स्याङ्जाकाे हरिनासमा घरघरमा पुगेर वृद्ध भत्ता वितरण 

प्रकाशित मिति :  2 February, 2022 4:41 pm


काठमाडाैं । स्याङजाको हरिनास गाउँपालिका वडा नम्बर १ स्थित खैरेकोट अन्तर्गतकाे घरेडी क्षेत्रका वृद्ध वृद्धालाई घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। 

पालिका, वडा कार्यालय तथा बैंकदेखि भाैतिक रूपमा टाढा घर भएका ६० जना वृद्धवृद्धालाई कुमारी बैककाे चित्रे भञ्याङ शाखासँगको समन्वयमा बुधवार भत्ता वितरण गरिएकाे हाे।

गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरको नेतृत्वमा बृद्धभत्ता, एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो।

‘‘आफ्नो गाउँपालिकाको  जनताको सुख दुख ,समस्या बुझेर जनतालाई सेवा दिनु हाम्रो कर्तव्य हो त्यसैले अशक्त बृद्धबृद्धाको सेवाको लागि घरघरमै पुगेर सेवा दिनु हामीले दात्यिव सम्झेर यो कार्य गर्दै आईरहेका छौ’’ मानन्धरले भने। 

उनले गाउँपालिकाका थप स्थानमा पनि आवश्यकता अनुसार सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताए।



प्रतिक्रिया दिनुहोस !