स्याङ्जाको वालिङ नगरपालिकामा मानिसको कङ्काल फेला
प्रकाशित मिति : 5 February, 2022 5:47 pm
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा मानिसको कङ्काल फेला परेको छ।
वालिङ् नगरपालिकाको वडा नं ११ ज्वाङखोलास्थित खोल्सामा मानिसको कङ्काल फेला परेको हो । स्थानीयहरूले जङ्गलमा खानेपानीको ट्याङ्की सफा गर्ने क्रममा उक्त मानव कङ्काल फेला पारेका थिए ।
प्रहरीका अनुसार उक्त कङ्काल सोही ठाउँमा बस्ने ४८ वर्षीय देवी भनिने हिमाकुमारी पौडेलको रहेको खुलेको छ । मानसिक सन्तुलन ठिक नभएकी पौडेल साउन १७ बाट हराएकी थिइन् ।
करिब ५ महिना पछि हिजो उनको शव फेला परेपछि मृतकको कपडाबाट पहिचान गरिएको र मुचुल्का गरी कङ्काल आफन्तलाई बुझाएइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।








