स्याङ्जाको आँधिखोला गाउँपालिका स्थित एक सहकारीमा चोरी
प्रकाशित मिति : 7 February, 2022 1:23 pm
स्याङ्जाका । स्याङ्जाको आँधिखोला गाउँपालिका स्थित एक सहकारीमा चोरी भएको छ ।
आँधिखोला गाँउपालिका वडा नं ४ बाङ्सिङ स्थित पन्चासे बचत तथा ऋृण सहकारीबाट गए राति करिब ४ लाख रुपैयाँ बराबरको चोरी भएको हो ।
गए राती चोरी भएतापनी आज बिहान ७ बजेतिर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उक्त बचत तथा ऋण सहकारी संस्थाको काउन्टरको ताला तोडेर भित्र रहेका ३ वटा दराज तोडफोड गरि करिब नगद ४ लाख रुपैयाँ लुटपाट भएको र चोरी गर्ने व्यक्तिको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।








