५ पुस २०८२, शनिबार

स्याङ्जामा मगर समाजको भवन शिलान्यास

प्रकाशित मिति :  7 February, 2022 5:19 pm


स्याङ्जा । स्याङ्जा चापाकोट नगरपालिका १० स्थित कान्छिबजारमा मगर समाज भवनको आइतबार शिलान्यास भएको    छ ।

निर्माण हुन लागेको सुविधा सम्पन्न भवनको नेकपा एमाले चापाकोट नगर कमिटी अध्यक्ष राजु कोईरालाले शिलान्यास गरेका हुन् । चापाकोट नगरपालिका-१० कान्छिबजारमा निर्माण हुन थालेको भवनको शिलान्यास गर्दै अध्यक्ष कोइरालाले नगरपालिकालाई नमुना नगरपालिका बनाउने गरी काम भइरहेको बताए ।

नेकपा एमाले चापाकोट नगर कमिटी अध्यक्ष कोइरालाको पहलमा सामाजिक विकास मन्त्रालयबाट विनियोजित रकमबाट मगर समाज भवन निर्माण हुन थालेको जानकारी दिए ।

कोइरालाको पहलमा चापाकोटमा यस्ता विभिन्न योजनाहरू सञ्चालनमा आएका छन् ।



प्रतिक्रिया दिनुहोस !