भन्सार एजेन्टको परीक्षा फागुन २८ गते
प्रकाशित मिति : 9 February, 2022 9:14 am
काठमाडौं । भन्सार एजेन्टको लिखित परीक्षा आउँदो फागुन २८ गते हुने भएको छ।
कोभिड–१९ महामारीका कारण स्थगित भएको परीक्षा फागुन २८ गते सञ्चालन गर्न लागिएको भन्सार विभागले जनाएको छ।
२०७७ साल चैत १७ गते दरखास्त आवेदन माग गरी २०७८ जेठ २२ मा तोकिएको परीक्षा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो। माघ २९ गते तोकिएको परीक्षा पनि स्थगित गरिएको थियो।
कोरोना महामारीको बहानामा पुराना भन्सार एजेन्टको स्वार्थमा परीक्षा सारिएको भन्दै परीक्षार्थीहरुले गत पुष ११ गते भन्सार विभागमा धर्नासमेत दिएका थिए ।








