१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिमः निजी अस्पतालमा आइसोलेसन वार्डकाे व्यवस्था गर्न आग्रह

प्रकाशित मिति :  7 March, 2020 3:42 pm


कैलाली, २४ फागुन । 

प्राइभेट अस्पताल संघ सुदूरपश्चिम प्रदेशले कोरोना भाइरसकाे संक्रमणबाट बच्‍न विशेष ध्यान दिन आग्रह गरेको छ।

समितिको आज बसेको बैठकले अस्पतालमा शंकास्पद बिरामी फेला परे जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत् सम्बन्धित स्वास्थ्य संस्थामा पठाउन सम्पूर्ण निजी अस्पताललाई निर्देशन दिने निर्णय गरेकाे प्रदेश अध्यक्ष जनकराज जोशीले बताए।

उनले सरकारकाे निर्देशनअनुसार सबैले अघि बढ्न र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई बचाउका विभिन्न उपायहरू अवलम्बन गर्न आग्रह गरिएको बताए। साथै काेराेना संक्रमणकाे जाेखिमकाे सम्भावना रहेकाले त्यससँग जुध्न सम्पूर्ण निजी अस्पताललाई तयारी अवस्थामा रहन र अस्पतालमा आइसोलेसन वार्डकाे व्यवस्था गर्न आग्रह गरिएको उनकाे भनाइ छ।



प्रतिक्रिया दिनुहोस !