५ पुस २०८२, शनिबार

पाल्पामा आगो ताप्रे क्रममा एक महिलाको जलेर मृत्यु

प्रकाशित मिति :  10 February, 2022 2:23 pm


सांकेतिक तस्विर

पाल्पा । पाल्पामा आगो ताप्रे क्रममा एक महिलाको जलेर मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा महिलाको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया गौकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीको अनुसार आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि श्रेष्ठलाई युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !