५ पुस २०८२, शनिबार

तुलसीपुरको एक घरमा आगलागी, पाँच जनाको मृत्यु

प्रकाशित मिति :  11 February, 2022 8:21 am


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा ५ को एक घरमा आगलागी हुदाँ निसासिएर पाँच जनाको मृत्यु भएको छ । जुत्ता चप्पल गोदाममा रहेको चार तले घरमा विद्युत मिटर पड्किदा आगलागी भएको प्रहरीले आशंका गरेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शुक्रबार विहान २ बजेतिर आगलागी हुँदा पाँच जनाको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा १० बर्षीय एक बालक, १५\१५ बर्षीय दुई बालक र एक बालिका तथा करिब ५५ बर्षीय एक पुरुषको मृत्यु भएको हो ।

आगो नियन्त्रणमा लिनका लागि इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् ।

गए राति २ बजेदेखि लागेकाे आगाे बिहान साढे ५ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

क्षतिको विवरण अझै आउन सकेको छैन । अहिले इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइरहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !