ललितपुरको बालकुमारी मन्दिरबाट हराएको मुर्ति २० औं दिनमा भेटियो
प्रकाशित मिति : 11 February, 2022 9:28 am
ललितपूर । ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट हराएको मुर्ति फेला परेको छ ।
आज बिहान हात्तीवन गैरीगाँउ स्थित करुणा मन्दिरको पेटीमा मुर्ति भेटिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिएका छन् ।
मन्दिरकोपेटीमा बोरामा प्याक गरेको अवस्थामा शंकास्पद बस्तु भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त बोरा खोलेर हेर्दा मूर्ति मुर्ति भेटिएको छ । मुर्ति चोरीमा संलग्नहरुको खोजी भइरहेको एसएसपी पोखरेलले बताए ।
माघ ९ मा मुर्ति हराएपछि ललितपुर परिसर र महानगरीय अपराध महाशाखाले त्यसबारे अनुसन्धान गरिरहेको थियो । हराएको २० औं दिनमा मुर्ति भेटिएको हो ।








