५ पुस २०८२, शनिबार

प्रतितोला ९४ हजार रुपैयाँ पुग्यो सुन

प्रकाशित मिति :  11 February, 2022 10:59 am


काठमाडौं । नेपाली बजारमा योसाताको अन्तिम कारोबारमा छापावाला सुनको मूल्य बढेको छ । हिजो बिहिबार ९३ हजार ९००मा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार तोलाको १०० रुपैयाँले बढेर तोलाको ९४ हजार रुपैयाँ तोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सयमा कारोबार भइरहेको छ ।

आज शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य २ दिनदेखि स्थिर रही १२८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !