५ पुस २०८२, शनिबार

स्याङ्जा जिल्ला प्रशासनमा ई-पासपोर्ट सेवा सुरू, छिटै वालिङ इलाका प्रशासनबाट पनि उपलब्ध हुने

प्रकाशित मिति :  11 February, 2022 12:13 pm


काठमाडाैं । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले विद्युतीय राहदानी (ई-पासपोर्ट) सेवा सुरु गरेकाे छ । 

सेवाग्राहीको मागलाई मध्यनजर गर्दै  राहदानी विभागमा इपासपोर्ट सेवा तुरुन्त सञ्चालनको लागि अनुरोध गरेबमोजिम बिहीरबारदेखि प्रशासनले सेवा सुरू गरेकाे हाे । 

विभागको प्राविधिक टोलीले स्याङ्जा पुगेर आवश्यक पूर्वाधार विकास गरेपछि इपासपोर्टको सेवा सुरु भएकाे हाे । यसबाट

विहीबारदेखि नै इलाका प्रशासन कार्यालय वालिङबाट समेत इपासपोर्टको सेवा गराउने तयारी भइरहेकाे पौडेलले बताए ।  

राहदानी विभागका नेटवर्क  इन्जिनियर हेमन्तकुमार शाहले विद्युतीय राहदानीका लागि सेवाग्राहीले अनलाइन फर्म भर्न सक्ने र इपासपोर्टका लागि राष्ट्रिय परिचयपत्र भने हुनुपर्ने बताए । इपासपोर्टका लागि फर्म भर्दा आफ्नो विवरण भर्ने र आफ्नो डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ । 

सेवाग्राहीले भरेको प्रिइनरोलमेन्ट फर्मको प्रिन्ट कपी र बैङ्कमा तोकिएको राजस्व जम्मा गरेको रसिद लिएर सेवाग्राही प्रशासन कार्यालय जानुपर्ने हुन्छ ।  इपासपोर्टका लागि कार्यालयमा सेवाग्राहीले बायोमेट्रिक्स र फोटो समेत खिचाउनुपर्ने इन्जिनियर शाहले बताए ।



प्रतिक्रिया दिनुहोस !