१७ बैशाख २०८१, सोमबार

साहित्यकार तारानाथ शर्माको निधन, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रकाशित मिति :  15 February, 2022 3:39 pm


काठमाडौं । नेपाली साहित्यकार प्रखर समालोचक एवम् नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा. तारानाथ शर्माको निधन भएको छ । शर्माको निधन प्रति राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाले निधनप्रति दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको बताएकी छिन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति भण्डारीले लेखेकि छिन्, ‘नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ। आफ्ना दर्जनौं कृतिका माध्यमबाट उहाँ हामीबीच अमर रहनुहुनेछ। दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

प्रधानमन्त्रीले दिवंगत साहित्यकार शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस !