बालाजुमा मिनी बसको ठक्करबाट २ पैदल यात्रुको मृत्यु
प्रकाशित मिति : 17 February, 2022 10:50 am
काठमाडौं । काठमाडौंको बालाजुमा मिनिबसको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५० वर्षीया महिला छिन् ।
आज बिहान ६ बजेको समयमा बसले दुईजनालाई ठक्कर दिएर फरार भएको महानगरीय ट्राफिक महाशाखाका एसपी संजिव शर्माले लुम्बिनी संचारलाई बताए ।
बालाजुको गंगा हल अगाडिबाट बाटो काट्ने क्रममा बसले २ जनालाई ठक्कर दिएको थियो । बसको नम्बर खुल्न सकेको छैन । घटनाबारे महानगरीय प्रहरी वृत बालाजुका डिएसपी गौतम मिश्र सहितको टिमले अनुसन्धान गरिरहेको छ ।








