नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त
प्रकाशित मिति : 17 February, 2022 5:22 pm
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद्को निर्णयले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले हमालसँगै कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम सीफारिस गरेको थियो।
बुक बिल्डिंग प्रकियाबाट प्राथमिक सेयर निष्काशन गर्ने भनिएको सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा मुछिएपश्चात तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई छानबिन समितिको सुझावमा सरकारले बर्खास्त गरेको थियो।








