राष्ट्रपति शौक्षिक सुधार कार्यक्रममा स्याङ्जाका ६२ वटा सार्वजनिक विद्यालय छनोट
प्रकाशित मिति : 17 February, 2022 6:29 pm
काठमाडाैं । सरकारले छनौट गरेको राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत स्याङ्जाका ६२ वटा विद्यालयहरू छनोट भएका हुन्।
स्याङ्जामा अर्जुनचौपारी गाउँपालिकामा ३ वटा, आँधिखोला गाउँपालिकामा ८ वटा, कालीगण्डकी गाउँपलिकामा ७ वटा, बिरुवा गाउँपालिकामा ७, फेदीखोला गाउँपालिकामा २, हरिनास गाउँपालिकामा ३ वटा, पुतलीबजारमा ७ वटा, वालिङ नगरपालिकामा ८ वटा, भीरकोट नगरपालिकामा ३ वटा, गल्याङ नगरपालिकामा ९ वटा, चापाकोटमा ५ गरि जम्मा ६२ वटा विद्यालयहरू राष्ट्रपति शैक्षिक सुधारका छनोट भएका हुन्।
शिक्षा मन्त्रालयका अनुसार छनोटमा परेका विद्यालयहरूले चारकोठे भवन निर्माणका लागि प्रति विद्यालय ३६ लाख, दुईकोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार अनुदान सहयोग प्राप्त गर्नेछ्न् ।








