ढुङ्गेअड्डामा फेला परेको शङ्कास्पद वस्तु सेनाको टोलीद्वारा निस्क्रिय
प्रकाशित मिति : 18 February, 2022 10:27 am
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाको मुख्य सडकमा शङ्कास्पद वस्तु फेला परेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलङ्की–नागढुङ्गाको मुख्य सडकमा आज बिहान २ बजेतिर उक्त वस्तु फेला परेको जानकारी दिए।
आम नागरिकलाई त्रास सिर्जना गर्नका लागि उक्त शङ्स्कास्पद वस्तु छाडिएको जानकारी दिए । उक्त वस्तुलाई अहिले नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ ।
शङ्कास्पद वस्तु भेटिएसँगै नागढुङ्गा नाका भएर काठमाडौं उपत्यका भित्रिने तथा काठमाडौं बाहिर जाने सवारीसाधन बाटोमै रोकिएका छन् ।








