६ पुस २०८२, आइतबार

पाल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु

प्रकाशित मिति :  18 February, 2022 11:27 am


पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । 

माछा मार्ने क्रममा तिनाउ-२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

बिहीबार साँझ करिब ७ बजेको समयमा दोभान खोलामा स्थानीय तिनाउ – १, बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर  माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक रामेश्वर  त्वातीले बताए । 

घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !