२२ बैशाख २०८१, शनिबार

खाद्य ऐन उल्लङ्घन गर्ने ३८ विरूद्ध मुद्दा

प्रकाशित मिति :  18 February, 2022 1:00 pm


काठमाडाैं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र मातहतका निकायले चालू आर्थिक वर्ष ०७८/७९ को अर्ध वार्षिक अवधिमा मात्र खाद्य ऐन तथा नियम प्रतिकूल कार्य गर्ने विरूद्ध ३८ थान मुद्दा दायर गरेका छन्।

विभागका अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसूरमा दाेस्राे त्रयमासमा मात्र ११ थान मुद्दा दर्ता गरिएका छन् । विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गर्ने गरिएकाे छ।

दायर गरिएका मुद्दा मध्ये दुध तथा दुग्ध पदार्थका १३ वटा, मसला पदार्थको ५ वटा प्रशोधित पिउने पानीको ५ वटा, खाद्यान्न दलहन तथा सोबाट बनेको पदार्थ १५ वटा, चियाका ४ वटा, महको १ वटा, साेयासको १ बटा तेलको १ वटा, दाना पदार्थको ३ वटा छन्।

कुल ३८ थान मुद्दाहरुमध्ये १९ वटा मुद्दाहरू दुषितका, १० वटा मुद्दाहरू न्यून गुणस्तरका १ पटा मुद्दा अनुज्ञापत्र नलिएर कारोबार गरेको र ७ वटा मुद्दा विवरण नमिलेका तथा १ बटा मुद्दा खाद्य ऐन नियम निर्देशिका  सम्बिन्धि छन्।

खाद्य ऐन, २०२३ बमोजिम दूषित न्यूनगुणस्तर तथा झुक्यानमा पारेका मुद्दाहरु सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दाहरु सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा दायर हुने व्यवस्था रहेको छ।

विभागले शुक्रबार दाेस्राे त्रयमासिक समीक्षा कार्यक्रम सम्बिन्ध पत्रकार सम्मेलन गरी मातहतका निकायले सम्पादन गरेका कार्य बारे जानकारी दिएकाे छ।



प्रतिक्रिया दिनुहोस !