स्याङ्जाको भीरकोटमा ३ महिने सिलाईकटाई तालिम शुरु
प्रकाशित मिति : 18 February, 2022 3:17 pm
स्याङ्जा । स्याङ्जाको भीरकोटमा ३ महिने सिलाईकटाई तालिम शुरु भएको छ ।
मेड्पाको गरिबी निवारणका लागी लघुउद्यम विकास कार्यक्रम अन्तर्गत तीन महिने तालिम भीरकोट वडा नं ५ कार्यालय परिसरमा शुरु भएको छ ।
तालिमको शुभारम्भ नगर प्रमुख छायाराम खनालले गर्दै, तालिममा सहभागिहरुलाई सिलाई मेसिन समेत दिईने भन्दै तालिमको सही सदुपयोग गरी आत्मनिर्भर हुन आग्रह गरेका छन् ।
तालिममा वडा नं ५ र ६ का गरि २९ जनाको सहभागिता रहेको छ। साथै तालिममा छलिमाया गुरुङले सहजीकरण गरेकी छन् ।
साथै उक्त कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष तथा नगरप्रवक्ता दिपेन्द्र केसी , वडा नं ६ का अध्यक्ष लक्ष्मण खत्री , र काँग्रेस नगरसचिव नन्दु खनालको सहभागिता रहेको नगरप्रवक्ता दिपेन्द्र केसीले जानकारी दिए ।








