८ पुस २०८२, मंगलबार

एमसीसी प्रतिनिधि सभामा लैजाने विषयमा माओवादी केन्द्रको लिखित असहमति

प्रकाशित मिति :  20 February, 2022 1:49 pm


काठमाडौं । अमेरिकी सहायता प्याकेज मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको एमसीसी प्रतिनिधि सभामा पेश गर्ने विषयमा नेकपा माओवादी केन्द्रले लिखित असहमति जनाएको छ ।

माओवादी केन्द्रबाट कार्यव्यवस्था परामर्श समितिमा सहभागी प्रमुख सचेतक देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले सभामुख अग्निप्रसाद सापकोटालाई सम्बोधन गर्दै असहमति पत्र जाहेर गरेका हुन् ।

माओवादी केन्द्रको असहमति पत्रमा भनिएको छ,“यस सम्झौतालाई अगाडि बढाउन राष्ट्रिय सहमति कायम हुनुपर्ने,कतिपय बुँदाहरु परिमार्जन र संसोधन हुनुपर्ने र संसद सुरुचारु हुनुपर्दछ भनी हामीले निरन्तर भन्दै आएका छौं । तसर्थ राष्ट्रिय सहमति कायम नभएको, संसोधन र परिमार्जनको कुनै सुनिश्चिता पनि नभएको र संसद नै अवरुद्ध नै रहेकोले मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी सदनमा टेबल गर्ने विषयमा हाम्रो गम्भीर असहमति रहेको व्यहोरा अनुरोध गर्दछौं ।”



प्रतिक्रिया दिनुहोस !