६ पुस २०८२, आइतबार

स्याङ्जाको वालिङमा विद्यार्थीसंग मेयर कार्यक्रम सुरु

प्रकाशित मिति :  20 February, 2022 4:34 pm


स्याङ्जा  । स्याङ्जाको वालिङमा विद्यार्थीसंग मेयर कार्यक्रम सुरु गरिएको छ ।

वालिङ नगरपालिकाको शैक्षिक गुणस्तरलाई सुधार गर्न र विद्यार्थीहरुको समस्या, आवश्यकता, मनोभावना,र उनीहरुको चासो, गुनासो, जिज्ञासा, र प्रतिकृयाहरुलाई सम्बोधन गर्न विद्यार्थीसंग मेयर कार्यक्रम आयोजना गरेको नगरप्रमुख दिलिप प्रताप खाँडले बताए ।

साथै उनले विद्यार्थीहरु समाज परिर्वतनको मूल स्रोत भएको कारण शैक्षिक गुणस्तरलाई सुधार गर्न नगरपालिकाले ब्रिटिस काउन्सिलसँग सम्झौता गरि काम अगाडी बढाएको बताए ।

कार्यक्रम वालिङ नगरपालिका वडा नम्बर १ मा रहेको रणविर जनहित माविबाट सुरु गरिएको छ भने विद्यार्थीहरुले सोधेको प्रश्नको जवाफ वालिङ नगरपालिकाका नगरप्रमुख दिलीप प्रताप खाँण, प्रमुख प्रशासकिय अधिकृत राजन भट्टराई र शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !