९ पुस २०८२, बुधबार

प्रतितोला ४००ले घट्यो सुन

प्रकाशित मिति :  21 February, 2022 11:36 am


gold

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ। आइतबार १ सय रुपैयाँले बढेर ९६ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार तोलामा ४ सयले घटेर प्रतितोला ९६ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो आइतबार १३०५ रुपैयाँ तोलामा कारोबार भएको चाँदी आज सोमबार तोलाको ५ रुपैयाँले घटेर तोलाको १३०० रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !