प्रतितोला ९७ हजार पुग्यो सुन
प्रकाशित मिति : 22 February, 2022 11:36 am
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार ४ सय रुपैयाँले घटेको छापावाला सुन आज मंगलबार प्रतितोला ८ सयले बढेर तोलाको ९७ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । हिजो १३०० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर तोलाको १३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।








