१७ बैशाख २०८१, सोमबार

रहेनन् कलाकार जयनन्द लामा

प्रकाशित मिति :  23 February, 2022 8:48 am


काठमाडौं । चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको बुधबार बिहान निधन भएको हो।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो।

राति ११ बजे सुटिङका लागि भनेर घरबाट निस्केका जयनन्द बिहान आफ्नै घर अगाडि आफैले चलाएको गाडी नजिक मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनाबार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लामा लामो समयदेखि उच्च रक्तचापबाट पिडित थिए । एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए।

 



प्रतिक्रिया दिनुहोस !