सुनको मूल्यमा गिरावट
प्रकाशित मिति : 23 February, 2022 11:29 am

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार ८०० रुपैयाँले बढेर ९७ हजार प्रतितोला कारोबार भएकाे छापावाला सुन आज बुधबार ५०० रुपैयाँले घटेर तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै आज तेजावी सुनकोमूल्य प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेकोमहासंले जनाएको छ ।
आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार प्रतितोला १३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १३२० रुपैयामा कारोबार भइरहेको महासघंले जानकारी दिएको छ ।