४ जेष्ठ २०८१, शुक्रबार

भीरकोट नगरपालिकामा वडास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्र

प्रकाशित मिति :  24 February, 2022 6:07 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाको वडा नम्बर ६ भण्डारखोलामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

रेडक्रस स्याङ्जाको आयोजना र जापान रेडक्रसको सहयोगमा स्वास्थ्य र सरसफाइको क्षेत्रमा विविध कार्यक्रम संचालन गर्ने विषयमा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी स्याङ्जा जिल्ला शाखा  सभापति दिनेश अर्यालले भीरकोटको स्वास्थ्य र सरसफाइको क्षेत्रमा सहयोग गर्न जिल्ला रेडक्रस सदैव तयार रहेको बताए । उनले आगामी दिनमा विगतका परियोजना सुचारु गर्दै नयाँ परियोजना संचालन गरिने बताएकाछन्।

अर्यालले स्याङ्जा जिल्लालाई सन् २०३० सम्म पुर्ण सरसफाइ जिल्ला बनाउने अभियानमा आफ्नो ठाँउबाट पहल गर्न सबैलाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !