१९ मंसिर २०७९, सोमबार

मुख्यमन्त्री पोखरेलद्वारा होली पर्वको शुभकामना

प्रकाशित मिति :  9 March, 2020 9:03 am


रूपन्देही, २६ फागुन । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले रङहरुको पर्व होलीले एकापसमा सद्भाव, भ्रातृत्व र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै आएको बताएका  छन् ।

आज शुभकामना विज्ञप्ति जारी गरी उनले विविधतायुक्त समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन होलीपर्वको विशेष महत्व रहेको उल्लेख गरेका छन्  ।

मुख्यमन्त्री पोखरेलले शुभकामनामा कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यान दिँदै होली ठूला जमघटमा नभई पारिवारिकरूपमा मनाउन आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !