सुनको मूल्य प्रतितोला एक हजारले घट्यो
प्रकाशित मिति : 25 February, 2022 11:06 am

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला २५००ले बढेको छापावाला सुनको मूल्य शुक्रबार प्रतितोला १०००ले घटेर तोलाको ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ रहेको छ । बिहिबार तेजावीसुन ९७ हजार ५ सयमा कारोबार भएको थियो ।
आज शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहिबार १३५० रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।