सुनको मूल्यमा गिरावट
प्रकाशित मिति : 27 February, 2022 12:10 pm

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार ९८ हजार रुपैयाँ तोलामा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार प्रतितोला १४००ले घटेर प्रतितोला ९६ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रहेको छ ।
आज आइतबार चाँदीको मूल्य पनि ह्वातै घटेको छ । गतशुक्रबार प्रतितोला १३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार ४५रुपैयाँले तल झरी १२९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।