एमसीसी पारित गर्ने निर्णयप्रति नारायणकाजी श्रेष्ठको आपत्ति
प्रकाशित मिति : 27 February, 2022 12:15 pm

काठमाडौं । व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णयप्रति नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले असहमति जनाएका छन् ।
आज बिहान प्रचण्ड निवासमा बसेको बैठकमा ५ दलीय गठबन्धनमा ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानाकारी गराएपछि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफूले असहमति राखेको जनाएका छन् ।
श्रेष्ठले ट्वीट गर्दै भनेका छन्,“यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ। आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखिसकेका छौं। यो महाधिवेशनको बिरुध्द छ र गलत छ ।”