नाबालिगलाई जबरजस्ती करणीको आरोप लागेका पल शाह प्रहरी समक्ष उपस्थित
काठमाडौं । नाबालिगलाई जबरजस्ती करणीको आरोप लागेका पल शाह प्रहरी समक्ष उपस्थित भएका छन् । उनी तनहुँ प्रहरीमा आफै उपस्थित भएका हुन् ।
तनहुँका डीएसपी युवराज खड्काले शाहलाई नियन्त्रणमा लिएको जनाएका छन् । शाहले आज बिहान मात्रै फेसबुकमा आफू प्रहरी समक्ष आफै उपस्थित हुने बताएका थिए । आफ्नो स्वास्थ्य स्थिति बिग्रीए तथा घर व्यवहार मिलाउनु परेकाले र फिल्मलाई असर नपरोर भनेर आफू प्रहरी सामु उपस्थित हुन नसकेको बताएका थिए ।
उनले भनेका थिए,“मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु ।”
नेपालको कानुनलाई सम्मान गर्दै आजै नेपाल प्रहरी समक्ष उपस्थित हुने बताएका थिए । लगत्तै उनी प्रहरी समक्ष उपस्थित भएका हुन् ।








