प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा आचार्य
प्रकाशित मिति : 27 February, 2022 2:01 pm

काठमाडौं । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) को अध्यक्षमा अधिवक्ता भोजराज आचार्य सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न संगठनको दोश्रो राष्ट्रिय सम्मेलनले आचार्यको अध्यक्षतामा ७५ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको हो ।
काठमाडौंलाई कर्मथलो बनाइ लामो समयदेखि कानुन व्यवसायीको रुपमा कार्यरत आचार्यको स्थायी घर रोल्पा हो । आचार्यले दोस्रो सम्मेल सफल बनाउन भूमिका खेल्ने सबैमा आभार व्यक्त गरेका छन् ।
संगठनको उपाध्यक्षमा अभिवक्ताहरु शोभा बुढाथोक िर हरि प्रसाद चयन भएका छन् भने महासचिवमा अमर थाप सर्वसम्मत भएका छन् ।
उपत्यका महासचिवमा शिव अर्याल, सचिवमा देबी प्रसाद भट्टराई, टीकाध्वज खड्का, सहकुल खत्री, मुना लामिछाने तथा कोषाध्यक्षमा रामेश्वर प्रसाद कोइराला लगायत निर्वाचित भएका छन् ।