६ पुस २०८२, आइतबार

दाङमा भएको गाडी दुर्घटनामा दुई जनाको मृत्यु

प्रकाशित मिति :  28 February, 2022 11:29 am


दाङ । दाङमा गएराती भएको गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।

तुलसीपुर—घोराही सडक खण्डमा हिजो बेलुकी भएको छुट्टा छुट्टै गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख पश्यामु अर्यालले जानकारी दिए ।

तुलसीपुर घोराही सडकखण्डको बेलझुण्डी नजिकै बा ३ख ६४३ नम्बरको हायस र मोटरसाईकल ठोक्किदा तुलसीपुर उपमहानगरपालिका १८ निवासी २१ वर्षीय रेशम चौधरीको मृत्यु भएको छ । मोटरसाईकलसंग ठोक्किएको हायसमा आगलागि भएको र जलेर पूर्ण नष्ट भएको प्रहरीले जनाएको छ ।

सोहि दुर्घटनामा परी घाईते भएका ४ जना मध्ये करण परियार र रमेश वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज पठाइएको छ भने अन्य दुई जनाको अवस्था सामान्य छ ।

तुलसीपुर उपमहानगरपालिका १८ डाँडागाउँस्थित रा५प ९०६६ नम्बरको स्कुटी र लु१च ६२८९ नम्बरको पिकअप गाडी एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका—१७ निवासी अन्दाजी २५ वर्षीय तारा बहादुर केसी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !