३ फाल्गुन २०८१, शनिबार

संघीय संसद भवन अगाडि शंकास्पद वस्तु भेटियो

प्रकाशित मिति :  28 February, 2022 11:39 am


काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ।

सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको प्रहरीले जनाएको छ । आज विप्लव नेतृत्वको नेकपासहित ६ दल र २ मोर्चाले नेपाल बन्दको आव्हान गरेका छन् ।

बन्दका क्रममा संसद भवन अगाडि नै शंकास्पद वस्तु भेटिएको हो । अहिले उक्त क्षेत्र प्रहरीले नियन्त्रणमा लिएको छ । शंकास्पद बस्तु डिस्पोजका लागि सेनालाई खबर गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !