१७ बैशाख २०८२, बुधबार

स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल छायाँक्षेत्र शिवमन्दिरमा लाग्ने मेलाकाे तयारी पुरा

प्रकाशित मिति :  28 February, 2022 11:49 am


स्याङ्जा । सतीदेवीको अन्तिम अंग पतन भएको मानिने स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल छायाँक्षेत्र शिवमन्दिरमा शिवरात्रि मेलाको तयारी पुरा भएको छ । फाल्गुन १७ गते महाशिवरात्रिका अवसरमा लाग्ने शिवरात्रि मेलाको तयारी पुरा भएको हो ।

शिवरात्रि मेला सम्पन्र गर्न ५१ सदस्यी मूल आयोजक समिति गठन गरेको र शिवरात्रि पर्वलाई अझै भव्य रुपमा मनाउनका लागि विभिन्र १७ उपसमिति समेत गठन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिए । मेलाका लागि १ लाख रुपियाँ भन्दा बढीको फूल तथा बत्तीले मन्दिर सझाएको र करिब २० हजार भन्दा बढी भक्तजन आउने अनुमान रहेको उनले बताएका छन् ।

उनले भने,“यहाँ विशेष गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, साउने सक्रान्ती , साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशीमा मेला लाग्ने गर्छ तर गतवर्षहरुमा कोभिडका कारण विभिन्न पर्वविशेष मेलाहरु उत्साहपूर्ण आयोजना गरिएको थिएन् । विगतका दुई वर्षमा शिवरात्रिमा त्यति उत्साह र चहलपहल थिएन, यसपटक भव्य हुने अपेक्षा     छ ।”



प्रतिक्रिया दिनुहोस !