३ माघ २०८१, बिहिबार

११ बुँदे व्याख्यालाई अमेरिकाले नमाने एमसीसी खारेज हुन्छ : प्रचण्ड

प्रकाशित मिति :  28 February, 2022 4:06 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट अमेरिकी सहयोग नियोग परियोजना(एमसीसी)सँगै पारित भएको ११ बुँदे व्याख्यालाई अमेरिकाले नमाने परियोजना नै खारेज हुने बताएका छन् ।

आफ्नै निवास खुमलटारमा एमसीसी पारित भएको दोस्रो दिन आज पत्रकार सम्मेलन नगरेर प्रचण्डले भने,“ यसलाई अमेरिकाले मान्नैपर्छ, हिजो अर्थमन्त्रीले भनेको सुन्नुभएन,यदि नमानेमा एमसीसी सम्झौता नै खारेज हुन्छ ।”

उनले एमसीसी अघि बढाउने क्रममा आफूलाई भिलेन जस्तो बनाइएको गुनासो गरे । उनले भने,“मत भिलेन जस्तो भएछु, डबल डिलर जस्तो भएँ, मेरो चाहना राष्ट्रिय सहमति बनोस् भन्ने थियो ।”

अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन हुँदा आफू खुसी भएको बताए । एमसीसी पारित हुँदा देश दुर्घटनाबाट बचेको र संविधान पनि बचेको प्रचण्डको भनाई थियो ।

उनले एमसीसीको ११ बुँदे व्याख्या महाकाली सन्धिको प्रस्तावना जस्तो नभएको पनि बताए । उनले शान्ति प्रकृयाका बाँकी काम र संविधान नै जोखिममा पर्ने अवस्था आएपछि एमसीसी पारित गर्नै पर्ने अवस्थामा पुगेको बताए ।



प्रतिक्रिया दिनुहोस !