स्याङ्जाको छाँयाक्षेत्र मन्दिरमा शिवरात्रि मेला
प्रकाशित मिति : 1 March, 2022 12:35 pm
स्याङ्जा । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वको अवसरमा स्याङ्जाको छाँयाक्षेत्र मन्दिरमा विशेष शिवरात्रि मेला लागेको छ ।
मन्दिरमा आज बिहान ३ बजेदेखि भक्तजनहरुको भिड लागेको मन्दिर व्यवस्थापनका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार छाँयाक्षेत्र मन्दिरमा आज प्रदेश ४ र ५ बाट अहिलेसम्म करिब १२ हजार भक्तजनहरु मन्दिरमा उपस्थित भएका र सुरक्षाकर्मीका टोलीहरु परिचालन गरेर उक्त भिड व्यवस्थापन गरेको बताएका छन् । त्यसैगरि शारीरिक अपांगता भएका मानिसहरुलाई सुरक्षा कर्मीको टोली खटाएर मन्दिरसम्म पुराउन सहयोग गरेको श्रेष्ठले बताएका छन् ।
साथै उक्त पर्व अझै आर्कषण बनाउनको लागि विहान ६ बजेबाट भजनकिर्तनको समेत व्यवस्था गरेको र नौतुना ,भैरवा ,जस्ता ठाँउबाट साधुहरु आएको उनले जानकारी दिएका छन् ।








