४ जेष्ठ २०८१, शुक्रबार

भीरकोट नगरपालिकामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

प्रकाशित मिति :  1 March, 2022 5:22 pm


स्याङ्जा । भीरकोट नगरपालिकामा फागुन २२ गते बालमैत्री नगर घोषणा भएको दिनलाई केन्द्रित गरेर हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ ।

नगरपालिकाले आयोजना गरेको बालमैत्री अन्तरमाध्यमिक हाजिरीजवाफ प्रतियोगितामा बालोदय अंग्रेजी आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ।

बालज्योती अंग्रेजी आवासीय माध्यमिक विद्यालय बयरघारीमा संचालन भएको कार्यक्रममा भीरकोट नगरपालिकाका १५ वटा माध्यमिक विद्यालयहरूको सहभागीता रहेको थियो। प्रतियोगितामा भाग्योदय माध्यमिक विद्यालय द्वितीय र सहिद शुक्रराज मा.वि. तृतीय भएका छ्न्।

विजयी भएका विद्यालयहरूलाई फागुन २२ गते पुरस्कृत गरिने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !