६ पुस २०८२, आइतबार

उद्योगी जोशीद्वारा खेल पोशाक तथा सामाग्री वितरण

प्रकाशित मिति :  1 March, 2022 5:13 pm


कञ्चनपुर । सुदूरपश्चिमका उद्योगी पिताम्बर जोशीले भलिबल खेलाडीलाई खेल पोशाक वितरण गरेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका उद्योगी जोशीले भलिबलका खेलाडीलाई खेल पोशाक वितरण गरेका हुन् । महाशिवरात्रीकै अवसर पारेर आज जिल्ला कञ्चनपुर कर्भट हल भलिबल प्रशिक्षण केन्द्रमै पुगेर उनले पोशाक र खेल समाग्री वितरण गरेका हुन् ।

पोशाक वितरणका क्रममा उद्योगी जोशीले भने,“आफ्नो तर्फबाट खेल क्षेत्रमा सक्दो सहयोग गर्ने हो, तब पो हाम्रो क्षेत्रको खेलकुद विकास हुन्छ ।” मुख्य भलिबल प्रशिक्षक जगदिश प्रसाद भट्ट र भलिबलका खेलाडीले उद्योगी जोशीलाई सहयोगका लागि धन्यवाद दिएका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस !