पेस्तोल सहित दुई जना मानिस पक्राउ
प्रकाशित मिति : 10 March, 2020 3:06 pm
![](https://i0.wp.com/www.lumbinisanchar.com/wp-content/uploads/2020/02/072C65C4-8E15-469E-A7F9-529A57BEC71F.jpeg?fit=1678%2C1119&ssl=1)
रौतहट, २७ फागुन ।
रौतहट, गढिमाई नगरपालिका-६ धरमपुरबाट कटुवा पेस्तोल १ थान र गोली ३ सहित दुई जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाही धनकौल गाउँपालिका-६ छर्तौल बस्ने २६ वर्षीय राजेश राम र सोही ठाउँ बस्ने २१ वर्षीय सुरज राम रहेका छन् ।
ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरीले बिआर ३० यु ८३८२ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राजेशलाई कटुवा पेस्तोल १ थान र गोली राउण्ड २ राउण्ड तथा सुरजलाई कटुवा पेस्तोलमा लाग्ने गोली १ राउण्ड र मोबाइल २ थान सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाकाे बारेमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।