९९५०० पुग्यो सुनको मूल्य
प्रकाशित मिति : 2 March, 2022 11:40 am

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मुल्य उकालो लागेको छ । हिजो मंगलबार ९७ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला १९००ले बढेर तोलाको ९९ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन ९९००० मा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि ह्वातै बढेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर तोलाको १३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १३३५ रुपैयामा कारोबार भएको थियो ।