४ जेष्ठ २०८१, शुक्रबार

नेपालभित्र दैनिक रू २५ हजारसम्म मात्र रेमिट्यान्स कारोबार गर्न पाइने

प्रकाशित मिति :  2 March, 2022 7:23 pm


काठमाडौं । रेमिट्यान्स कम्पनीले स्वदेशी रेमिट्यान्समा दैनिक २५ हजारमात्र कारोबार गर्न पाउने भएका छन् । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन २०७८, अ. प्रा. निर्देशन नं. ५/०७८ को बुँदा नं. ७ (५) संशोधन गर्दै कारोबार सीमा घटाएको हो ।

राष्ट्र बैंकले दैनिक १ लाख रुपैँया कारोबारको सीमा घटाएर २५ हजार बनाएको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब एजेन्ट वा रिप्रिजेन्टेटिभहरुले बुधबारबाट दैनिक २५ हजार मात्र कारोबार गर्न पाउने छन् ।



प्रतिक्रिया दिनुहोस !