९ पुस २०८२, बुधबार

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

प्रकाशित मिति :  3 March, 2022 12:16 pm


काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । हिजो बुधबार १९०० सयले बढेर तोलाको ९९ हजार ५००मा कारोबार भएको छापावाला सुन आज बिहिबार तोलामा ५०० रुपैयाँले घटेर ९९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ रहेको छ । बुधबार तेजावी सुन ९९ हजारमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाले बढेर प्रतितोला १३८० पुगेको महासंघ जानकारी दिएको छ । बुधबार पनि चाँदी प्रतितोला ४० रुपैयाँले बढेको थियो ।



प्रतिक्रिया दिनुहोस !