४ जेष्ठ २०८१, शुक्रबार

प्यूठान सिरुबारीमा चुनढुङ्गा उत्खनन रोक्न संघर्ष समिति गठन

प्रकाशित मिति :  11 March, 2020 3:41 pm


प्यूठान, २८ फागुन । प्यूठानको माण्डवी गाउँपालिका–५ सिरुबारीमा चुनढुङ्गा उत्खनन रोक्न भू तथा पर्यावरण संरक्षण समिति सङ्घर्ष समिति गठन गरिएको छ ।

महाकाली खनिज उद्योग प्रालि घोराही दाङले उत्खनन गर्न खोजेपछि शङ्कर आचार्यको अध्यक्षतामा २० सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा नरेन्द्र खड्का, सचिवमा टोपाराम आचार्य र कोषाध्यक्षमा टोपबहादुर मल्ल छन् । अन्य १६ सदस्यमा चयन भएका सचिव आचार्यले जानकारी दिए । उत्खनन रोक्न समितिमार्फत पहल गरिने उनको भनाई छ ।

स्थानीयवासीलाई आधिकारिकरूपमा जानकारी नभएको र मापदण्डविपरीत उत्खनन गर्न लागेका कारण यसलाई तत्काल रोक्ने अभियानमा आफूहरु लागेको आचार्यको भनाइ छ ।

चुनढुङ्गा उत्खननले पर्यावरणमा ह्रास आउने, पानीका मुहान सुक्ने, गाईवस्तुको चरिचरण हराउने, धुवाँधुलोको प्रदूषण बढ्नेलगायतका समस्या स्थानीयवासीले भोग्ने भएका कारण चुनढुङ्गा उत्खनन कुनै पनि हालतमा गर्न नदिइने सचिव आचार्यले स्पष्ट पारे । समिति गठन कार्यक्रममा जिल्लाका सात वटै सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि, पूर्वसांसद, राजनीतिक दल, स्थानीयवासी लगायतको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस !