४ जेष्ठ २०८१, शुक्रबार

वालिङमा चुरा पोते बनाउने सीपमुलक तालिम सम्पन्र

प्रकाशित मिति :  6 March, 2022 11:55 am


स्याङ्जा । वालिङ नगरपालिकामा ८ दिने चुरा पोते बनाउने सीपमुलक तालिम सम्पन्र भएको छ । वडा नं। ९ को वडा कार्यालयले महिलाहरुका लागी सीपमूलक तालिमको आयोजना गरेको हो ।

नगरप्रमुख दिलिप प्रताप खांणका अनुुसार महिलाहरुलाई आर्थिक रुपमा शसक्त बनाउँदै सवल तथा सफल समाज निर्माण गर्न तालिमले टेवा पुग्ने र सिपले नै जिवनलाई सहज बनाउने भन्दै सीपको सही सदुपयोग गरी व्यवसायिक रुपमा अगाडि बढ्न वालिङ नगरप्रमुख दिलिपप्रताप खांणले सहभागिलाई आग्रह गरेका थिए ।

उनले थपे ,“हरेक नागरिक सक्षम हुँन सकेमात्रै नगरलाई सक्षम तथा स्मार्ट बनाउन सकिने भन्दै व्यवसायिक रुपमा अगाडि बढ्नका लागी सहुलित दरमा कर्जा उपलब्ध गराउन बैंकहरुसंग सहजीकरण गर्ने बताए । साथै उक्त तालिममा २० जनाको सहभागी रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !