आज ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै
प्रकाशित मिति : 8 March, 2022 7:55 am
काठमाडौं । आज मार्च ८ तारिक ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
सन् २०२२ को दिवसको अन्तर्राष्ट्रिय नारा ‘दिगो भविष्यका लागि लैंगिक समानता’ रहेको छ । नेपालमा भने ‘सामाजिक न्याय र लैंगिक समानता स् दिगवो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ आजका दिन यो दिवस मनाइँदैछ ।
उक्त दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटाले लगायत नेताहरूले शुभकामना व्यक्त गरेका छन् ।








