६ पुस २०८२, आइतबार

स्याङ्जाको छायाँक्षेत्र मन्दिरलाई कुर्सी हस्तान्तरण

प्रकाशित मिति :  8 March, 2022 12:38 pm


स्याङ्जा । स्याङ्जा सहयोग समाज भीरकोट नगर इकाइ, दोहा कतारले कुर्सी वितरण गरेको छ । एक औपचारिक कार्यक्रम गरेर समाजले छायाँक्षेत्र मन्दिरलाई पचास वटा कुर्सी हस्तान्तरण गरेको हो ।

कार्यक्रममा भीरकोट नगरपालिकाका नगरप्रमुख छायाराम खनालले सामाजिक सेवामा सहकार्य गर्न नगरपालिका पनि तयार रहेको र धार्मिक स्थलहरुमा कुनै पनि अनियमिता नगर्न र सबै नागरिकलाई मन्दिर अझै आर्कषण बनाउन हरेक क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

उक्त कार्यक्रममा स्याङ्जा सहयोग समाज दोहा कतारका अध्यक्ष अजमत अलीले आउँदा दिनमा पनि स्याङ्जा सहयोग समाज भीरकोट नगर इकाइले भीरकोटको हरेक क्षेत्रमा विभिन्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा नेकपा एमाले भीरकोट नगर अध्यक्ष विश्वनाथ अर्याल , कांग्रेस भीरकोट नगर सभापति यामप्रसाद अधिकारी , नगरप्रवक्त दिपेन्द्र केसी, लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !